सार्वजनिक यातायात देशभर हडताल

काठमाडौं । सार्वजनिक यातायात मजदुरहरुले तीन दिनदेखि देशभर गाडी चलाएका छैनन् । चाडबाडको समयमा गाडी बन्द गरिँदा यात्रुहरु मर्कामा परेका छन् । अत्यावश्यक सवारी साधनमा हडताल भइरहँदा पनि सरकारले यातायात सञ्चालनको कुनै पहल गरेको छैन ।नयाँ मुलुकी संहितामा सजायँको कतिपय व्यवस्थामा विरोध गर्दै यातायात मजदुरहरु हड्तालमा उत्रिएका हुन् । तर, यो आन्दोलनको जिम्मेवारी औपचारिकरुपमा कसैले पनि लिएको छैन ।बिहीबार बिहान सुदूरपश्चिम यातायात व्यवसायी संघले सरोकारवालालाई छलफलका लागि बोलाए पनि कुनै निष्कर्ष ननिस्किएको अनलाइखबरकर्मी दीपक उपाध्यायले जानकारी दिए ।पूर्व क्षेत्रमा पनि सार्वजनिक गाडी नचलेको तीन दिन भइसकेको छ । चालकहरुले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा टेन्ट गाडेर ठूला सवारी साधनहरुलाई रोक्ने गरेका छन् । धनुषाको जनकपुर क्षेत्रमा बसपार्कमा गाडीहरु थन्काइएका छन् ।पूर्वी तराईलाई काठमाडौंसँग जोड्ने वीपी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, बर्दिवास–औरही–जलेश्वर, जनकपुर–जलेश्वर सबै खण्डमा सार्वजनिक यातायातका साधन ठप्प छन् ।विराटनगरमा भने चालकको आन्दोलनको प्रभाव खासै परेको छैन । विगतमा भन्दा कम सवारी चले पनि जनजीवन भने प्रभावित नभएको त्यहाँबाट अनलाइखबरकर्मी ध्रुव भट्टराईले जानकारी दिएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com