जलेश्वरमा झाडापाखालाको मारामार एक बालकको मृत्यु ।

जलेश्वर। महोत्तरीको जलेश्वररमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । नगरपालिका १२ नैन्हीमा झाडापखाला फैलिएको थियो । चार वर्षीया बालिका खुश्बु खातुनको अस्पताल लैजाँदै झाडापखालाबाट गर्दा मृत्यु भएको छ ।झाडापखाला प्रकोप बढेपछि जिल्ला स्वास्थ्य कार्यालयले नैन्हीमा शिविर राखेर उपचार गरिरहेको छन् । । जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले स्वास्थ्य शिविरमा एकसय भन्दा बढीको उपचार भइसकेको बताए र बिरामीको संख्या बढिरहेको बताएका छन् । मुस्लिम टोलमा मंगलबार रातिदेखि झाडापखाला संक्रमण देखिएको थियो । उनीहरुको बुधबार बिहानैबाट उपचार थालिएको थियो ।झाडापखालाका बिरामीलाई स्थानीय मदरसा र नजिकै रहेको स्वास्थ्य चौकीमा राखेर उपचार गर्ने क्रम जारी छ । झाडापखालाले गम्भिर बनेका केहीलाई जिल्ला अस्पतालमा पठाइएको छ ।खेतमा पानी जमेको स्थानमा पाइएका माछा खाँदा भाडापखाला फैलिएको चिकित्सकहरुले बताएका छन् ।जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा. राजीव झाले प्रभावित क्षेत्रमा चिकित्सक टोलीले उपचार गरिरहेको बताए । अन्यत्र संक्रमण फैलिन नदिने गरी काम भैरहेको उनले जानकारी दिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com