स्पेनिस ला लिगामा गएराति भएको खेल जितेसगैँ रियल मड्रिडले लगातार दोस्रो जित हात पारेको छ ।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विना नै मैदान उत्रेको मड्रिड लेगानेसलाई ३–१ ले हराउँदै रियल अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेगानेसको मैदानमा भएको खेलमा रियल मड्रिडले घरेलु टिमको सुरुवाती अग्रता उल्टाएको थियो ।
खेलको छैटौं मिनेटमा नै बुस्टिन्जाले गोल गर्दै लेगानेसलाई अग्रता दिलाएका थिए । तर सो अग्रतामा रियलले तीन गोल फर्कायो । ११ औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दै खेल बराबरीमा पु¥याए ।
२९ औं मिनेटमा कासिमिरोले गोल गरेपछि रियलले पहिलो हाफ अघि २–१ को अग्रता कायम राखेको थियो । ९०औं मिनेटमा रियलले पेनाल्टी पायो । उक्त पेनाल्टीलाई सर्जियो रामोसले गोलमा परिणत गर्दै रियललाई तीन अंक दिलाए ।
जितसँगै रियल मड्रिड ४८ अंक बनाउँदै ला लिगा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लेगानेस भने २९ अंक सहित १२ औं स्थानमा छ ।

English
MTV NEPAL MTVNEPAL


