भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १२२ औं स्थानमा

भ्रष्टाचार हुने देशहरुको सूचीमा नेपाल १२२ औं स्थानमा परेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा परेको हो ।
१८० वटा देशमा नेपाल १२२ औं स्थानमा कायम छ । गतवर्षको तुलनामा नेपाल ९ स्थानले माथि उक्लिएको हो । गत वर्ष नेपाल १३१ औं स्थानमा थियो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ४० भन्दा कम अंक ल्याउने देश निकै भ्रष्टाचार हुने भनेर चिनिन्छन् ।

प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले नेपालमा राजनीतिक र व्यावसायिक भ्रष्टाचार बढी हुने गरेको देखिएको बताए ।

ट्रान्सपरेन्सीको प्रतिवेदनमा सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा न्यूजील्याण्ड परेको छ भने डेनमार्क दोस्रो स्थानमा छ । सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भने सोमालिया परेको छ । सोमालियाले ९ अंक मात्र प्राप्त गरेको छ ।

दक्षिण एसियाली देशमध्ये बंगलादेश १४६ औं, पाकिस्तान १२३ औं, माल्दिभ्स ११८ औं, श्रीलंका ९७ औं, भारत ८५ औं, भुटान २९ औं स्थानमा छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com