वैज्ञानिकले बनाए ब्याक्टेरियाले चार्ज गर्ने ब्याट्री

२५ मंसिर । बेलायती वैज्ञानिकहरुले फाइबरमा आधारित ब्याक्टेरियाबाट चार्ज हुने बायो ब्याट्री बनाएका छन् । बेलायतको बिंघम्टन विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो बायो ब्याट्रीको विकाश गर्न सफल भएका छन् । यो ब्याट्रीलाई भविष्यमा जिउमा पहिरिन सक्ने ग्याजेटमा राख्न सकिने सम्भावना रहेको वैज्ञानिकहरुले जनाएका छन् । विश्वविद्यालयको इलेक्ट्रिकल तथा कम्प्युटर साइन्स विभागका सहायक प्राध्यापक सिओन्के चोई नेतृत्वको एक टोलीले फाइबरमा एक बायो ब्याट्री बनाएको छ जुन कागजमा आधारित माइक्रोबिएल फ्यूल सेलले जस्तै अधिकतम उर्जा पैदा गर्न सक्दछ । यो ब्याट्रीले पटक पटक मोडिँदा तथा तन्किँदा विद्युत उत्पादन गर्ने क्षमता राख्दछ ।

शोधकर्ताका अनुसार रियल टाइम इन्फर्मेसन प्राप्त गर्नका लागि फ्लेक्सिबल तथा स्ट्रेचेबल इलेक्ट्रोनिक्सको आवश्यकता पर्दछ जसलाई विभिन्न खाले प्लाटर्ममा प्रयोग गर्न सकिन्छ । फ्लेक्सिबल तथा स्ट्रेचेबल बायो ब्याट्री नविकरणीय हुनुका साथै वातावरणमैत्री हुने बताइएको छ

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com