२५ मंसिर । थाइल्यान्डमा सोमबारदेखि सुरु भएको एसीसी यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ । एसियाको पूर्वी क्षेत्रका राष्ट्रहरुको प्रतिस्पर्धामा नेपालले घरेलु टोली थाइल्यान्डलाई १३३ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो । ८ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ४६ रनमै अलआउट भयो । थाइल्यान्डलाई सस्तैमा समेट्नेक्रममा नेपालका नारायण जोशीले ५ विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि त्रितराज दासले सर्वाधिक ३९ रनको योगदान गरे । नेपालले दोस्रो खेलमा मंगलबार हङकङसँग खेल्दा समूहको अन्तिम खेलमा बिहीबार म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।

English
MTV NEPAL MTVNEPAL


