​मर्निङवाक जाँदा दुवईमा एक नेपालीको मृत्यु

२५ मंसिर । रोजगारीका लागि युएई आएका एक नेपालीको मर्निङवाकका क्रममा ज्यान गएको छ । युएईमा रहेको केएम ट्रेडिङ कम्पनीमा स्टोर इन्चार्जको रुपमा कार्यरत वाङ्ला ५ सिउडेनी अर्घाखाँचीका मेघराज अधिकारीको दुवईमा ज्यान गएको हो ।

गएको मंगलबार दुवईको जबिलाली डिआपी पार्कमा मर्निङवाकमा निस्किएका अधिकारीको शव सडकको छेउमा भेटिएको हो । उच्च रक्तचाप तथा मधुमेहका बिरामी भएकाले उहाँ दैनिक मर्निङवाक गर्नुहुन्थ्यो । १६ वर्ष अगाडि उहाँ युएईमा स्टोर किपरको काममा आउनु भएको थियो । सुरुमा आबुधाबीमा कार्यरत अधिकारी २ वर्ष अघि स्टोर इन्चार्जको रुपमा बढुवा भएर दुवई सरुवा हुनुभएको थियो ।

 

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com