विद्यार्थीले बनाए नयाँ प्रविधिको सवारी साधन, हेर्नुहोस् यस्तो छ

ललितपुर इन्जिनियर कलेजमा अध्ययनरत स्तातक तहका विद्यार्थीले नयाँ प्रविधिको सवारी साधन निर्माण गरेका छन् । उक्त साधनको सफल परिक्षण पनि भइसकेको बताएका छन् । अमित पण्डित, वसन्त आले, दिपेश बुढाथोकी र रविकान्त चौधरीले चौथो वर्षको परियोजना कार्यका रूपमा थोत्रा गाडी र मोटरसाइकलका सामग्रीको संयोजन गरी नितान्त नयाँ प्रविधिको सवारी साधन निर्माण गरेका हुन् ।

उनीहरुको कार्यमा सोही क्याम्पसका सहप्राध्यापक डा नवराज भट्टराईले निर्देशन गरेका थिए । गाडीको गति पेट्रोल इन्धनमा प्रतिघन्टा ७० किलोमिटर र ब्याट्रीमा प्रतिघन्टा १७ किलोमिटर रहेको छ ।  मोटरसाइकल र कारका विशेषता रहेको तीनपाङ्ग्रे सवारी साधनले काठमाडौँका व्यस्त तथा उकाला ओराला सडकमा सफल यात्रा गरिसकेको छ ।  अनेक समस्या झेल्दै चार जना विद्यार्थीले तयार पारेको सवारी साधनले पुल्चोकबाट चोभारसम्मको उकालो ओरालो, बागबजारको व्यस्त, गठ्ठाघरसम्मको फराकिलो बाटोको यात्रा तय गरेको छ ।  यसअघि यिनीहरुले २०७० सालमा नै पहिलो वर्षमै खेलौना रेसिङ कार ‘गो कार्ट’ तयार पारेका थिए ।  ०७२ को नाकाबन्दीपछि परम्परागत र नवीकरणीय ऊर्जा दुवैबाट चल्ने सवारी साधन बनाउने सोच आएपछि अहिले नयाँ गाडी बनाइएको उनीहरुले बताए ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com