परमाणु परीक्षण गर्ने यस्तो छ उत्तर कोरियाको योजना

उत्तर कोरियामाथि परमाणु तथा क्षेप्यास्त्र परिक्षणको बिरुद्धमा संयुक्त राष्ट्र संघले कैयौ प्रतिबन्ध लगाउदै आए पनि एक भू–उपग्रह प्रक्षेपणको तयारीमा जुटेको छ । उत्तर कोरिया अन्तरिक्ष कार्यक्रमको आडमा परमाणु परिक्षण गर्न लागेको चेतावनी दिएका छन् । उत्तर कोरियामा उपग्रह लगायत ब्यालेस्टिक क्षेप्यास्त्रमा आधारित कुनै पनि प्रक्षेपण गर्न रोक लगाइदै आएको छ । दक्षिण कोरियाको दैनिक अखबार जुगाङ इल्बोले दक्षिण कोरियाको एक सरकारी सुत्रको हवाला दिदै लेखेको छ,“विभिन्न माध्यमबाट हामीलाई यो जानकारीमा आएको छ कि उत्तर कोरियाले नयाँ उपग्रह तयार पारेको छ ।

यो उपग्रहलाई क्वाङगम्योगसोङ–५ नाम दिइएको छ ।” उत्तर कोरियाले २०१६को फेब्रुअरीमा पनि क्वाङगम्योङसोङ– ४ भू–उपग्रहको प्रक्षेपण गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय समुदायले छद्मभेषी व्यालेस्टिक मिसाइलको परिक्षण भएको बताउदै आएको थियो ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com