लिभरपुलका मिडफिल्डर फिलिप कोटिन्हो अब बार्सिलोना बाट खेल्दै

पुस,२३ – लिभरपुलका मिडफिल्डर फिलिप कोटिन्हो अब बार्सिलोनाका खेलाडी भएका छन् । बार्सिलोनाले अहिलेसम्मकै धेरै रकममा कोटिन्होलाई अनुबन्ध गर्ने भएको हो ।
बार्सिलोनाले १४ करोड २० लाख पाउण्डमा कोटिन्हो लाई क्लबमा अनुबन्ध गरेको हो । उनले साढे ५ बर्षका लागि हस्ताक्षर गर्ने तय भएको छ ।
ब्राजिलका २५ बर्षिय कोउटिन्हो सन २०१३ को जनवरीमा ८५ लाख पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका थिए ।
बार्सिलोनाबाट खेलिरहेका नेइमार फ्रान्स क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्धित भएका थिए । नेइमारको स्थानमा आउन लागेका कोउटिन्होलाई बार्सिलोनाले यो रकममा अनुबन्ध गर्न लागेको हो ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com