आइतबार, २३ पुष, २०७४ मा प्रकाशित,
काठमाडौं, पुस २३ । साउदी अरबमा सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका ११ जना राजकुमार पक्राउ परेका छन् ।
सरकारले उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा कटौती गर्ने घोषणा गरेपछि साउदी अरबका राजपरिवार यसको विरोधमा उत्रिएका छन् ।
प्रदर्शनका क्रममा उनीहरुले आफ्ना आफन्तहरुलाई दिइने भनिएको मृत्युदण्डको सजायको निर्णय उल्ट््याउनु पर्ने मागसमेत गरेका छन् ।
यता साउदी सरकारले भने देशमा छाएको आर्थिक मन्दीका सुविधा कटौती गर्ने निर्णय गरेको जनाएको छ ।
पक्राउ परेकाहरुमाथि सर्वसाधारणको दैनिकी प्रभाव पार्ने गरी प्रदर्शन गरिएको भन्दै मुद्दा दायर गर्ने तयारी सरकारले गरेको छ ।

English
MTV NEPAL MTVNEPAL


