म्यान्चेस्टर सिटी र चेल्सी एफए कपको पाँचौ चरणमा

गएराति भएको चौथो चरणको खेलमा कार्डीयफ सिटीलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम १६ मा प्रवेश गरेको छ ।

खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र राहिम स्टर्लिङले एक–एक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा न्यूकासल युनाईटेडलाई ३–० ले हराउँदै चेल्सी पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्याे ।

खेलमा चेल्सीलाई विजयी गराउन मिची बात्सुईले दुई तथा मार्कस अलन्सोले एक गोल गरे ।
शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी र चेल्सी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेपछि इङ्लिस एफए कप फुटबल प्रतियोगिताको पाँचौ चरणमा पुग्ने १६ मध्ये १३ टोलीको टुंगो लागेको छ ।

तीन खेल बराबरीमा टुंगिएकाले अब हुने रि प्ले पछि मात्रै बाँकी टोलीको टुंगो लाग्नेछ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com