दक्षिणी यमनको एडेन शहर पृथकतावादी समूहको नियन्त्रणमा

काठमाडौं, माघ १५ । पृथकतावादी समूहले दक्षिणी यमनको एडेन शहरका सरकारी कार्यालयहरु नियन्त्रणमा लिएको छ ।

त्यहा सरकारी सेना र पृथकतावादी समूहबीच भिडन्त जारी छ । प्रधानमन्त्री अहमद बिन दागेरले पृथकतावादीलाई सत्ता ‘कु’ को आरोप लगाएका छन् ।

भिडन्तमा परी कम्तिमा १० जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । अहिले दुवै पक्षले आफ्ना सेनालाई कारबाही रोक्न अपील गरेका छन् ।

सरकारी सुरक्षा फौजले छिमेकी अरब मुलुकहरुबाट भएको हस्तक्षेपलाई सुल्झाउन अपील गरेको छ । सरकारी सेना र पृथकतावादी समूहबीचको संघर्षका कारण यमनका लाखौं सर्वसाधारण प्रभावित भएका छन् ।

पृथकतावादीहरुले हुथी विद्रोहीको विरुद्धमा सरकारलाई समर्थन गर्दै आएको थिए, तर केही हप्ताअघि पृथकतावादी समूहले सरकारले भ्रष्टाचार गरेको र भेदभाव गरेको आरोप लगाउन थालेपछि मुलुकमा तनावको अवस्था आएको हो ।

पृथकतावादीहरुले प्रधानमन्त्री दागेरलाई हटाउन राष्ट्रपतिलाई अल्टिमेटम दिएका थिए । सो अल्टिमेटमको समय सकिएपछि सरकारविरुद्ध संघर्ष चुलिएको हो । दक्षिणी पृथकतावादीलाई संयुक्त अरब इमिरेट्स युएईको समर्थन छ ।
साउदी अरबमा रहेका राष्ट्रपति अब्दरब्बुह मन्सुर हादीले युद्धविरामको अपील गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com