गएराति काठमाडौंको नयाँबानेश्वरस्थित मिनभवन अगाडी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दोलखा सामाकोशी २ घर भई कोटेश्वर बस्दै आएका ५० वर्षीय ध्रुव कार्कीको मृत्यू भएको हो ।
बा ९० प ६०६४ नम्बरको मोटरसाइकलले कार्कीलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कार्कीलाई सुरुमा ट्रमा सेन्टरमा उपचार गर्न लगिए पनि त्यहाँबाट न्यूरो अस्पताल बाँसबारी रिफर गरिएको थियो ।
अहिले मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् र उनीमाथि आवश्यक कारवाही प्रक्रिया अघि बढिसकेको छ ।

English
MTV NEPAL MTVNEPAL


