बैतडिमा मेयरकप क्रिकेट प्रतियोगिता भोलिदेखि

मंगलबार, २ माघ, २०७४ मा प्रकाशित,
माघ २ । बैतडीको दशरथचन्द नगरपालिकामा शहीद दिवसको अवसरमा बुधबारदेखि सुरु हुने प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ तयारी पुरा भएको छ ।

एक औपचारिक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन बुधबार बिहान १० बजे गरिने भएको छ । प्रतियोगिताको उद्घाटन खेल दशरथचन्द नगरपालिकाको वडा नम्बर २ देहीमाडौं र वडा नम्बर ११ नागार्जुनबीच हुने भएको छ । उदघाटन खेल मध्यान्ह साढे १२ बजेपछि सुरु हुने जनाईएको छ ।

दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । दशरथचन्द नगरपालिका–१० स्थित बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिता टि ट्वान्टी फरम्याटमा हुने जनाईएको छ ।

माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद, ट्रफी र प्रमाणपत्र, द्वितीय पुरस्कार ३० हजार नगद, र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरीएको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com