कर्णाली विकासका लागी आयोजनाका कार्यक्रम सार्वजनिक

मंगलबार, २ माघ, २०७४ मा प्रकाशित,
काठमाडौं, माघ २ । कर्णालीको विकासका लागि दश वर्षे विकास आयोजनाका कार्यक्रमहरु सार्वजनिक गरीएको छ ।
कर्णाली विकास आयोजनाको जानकारीका दिन सिंहदरवार पत्रकार सम्मेलन गरिएको छ ।
आयोगले कर्णालीको गरीबी न्यूनीकरण र रोजगारको अवसर सिर्जनाका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । जसअन्तर्गत पर्यटन, जलविद्युत आयोजना, जडिबुटी र स्थानीय उत्पादनलाई बढी महत्व दिइएको छ ।
आयोगका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रकान्त पौडेलले विकासका धेरैजसो योजना सर्वमान्य नभएकै कारण करोडौ रुपैयाँ लगाइएका रणनीतिहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
लामो अनुसन्धान र वृहत छलफलपछि कर्णालीको सर्वाङ्गीण विकासका लागि आयोगले १० वर्षे रणनीति सार्वजनीक गरेको उहाँको भनाई छ ।
आयोगले डोल्पालाई बहुमूल्य जडिबुटी उत्पादन केन्द्रका रुपमा विकास गर्नुका साथै मुगुलाई कर्णालीको पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com