चौथो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ५ विकेटले विजयी

माघ २ – पाकिस्तानसँगको चौथो एकदिवसीय क्रिकेटमा पाकिस्तानविरुद्ध न्युजिल्याण्डले ५ विकेटको जित दर्ता गरेको छ । २ सय ६३ रनको लक्ष्य न्युजिल्याण्डले ४५ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
न्युजिल्याण्डको हमिल्टनमा भएको प्रतियोगितामा न्युजिल्याण्डलाई जिताउन कोलिन डी ग्राण्डहोमले ७४, कोलिन मुनरोले ५६ र हेनरी निकोल्सले ५२ रन बनाए ।
पहिले व्याटिङ गरेको पाकिस्तानले मोहम्मद हाफिजको ८१ रनको मद्धतमा २ सय ६२ रन बनाएको थियो । पाँच खेलको एकदिवसीय श्रृङ्खलामा पाकिस्तानले एउटा खेल पनि जित्न सकेको छैन ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com