नेपाल टेलिकमको ‘फ्रिडम प्याक’ अफर

नेपाल टेलिकमले ग्राहकवर्गको सेवालाई लक्षित गर्दै प्रजातन्त्र दिवसका अवसर पारेर ‘फ्रिडम प्याक’ उपलब्ध गराएको छ ।

जिएसएम र सिडिएमए मोबाइलका ग्राहकले उक्त प्याकको उपयोग एक घण्टासम्म अनलिमिटेड रूपमा गर्न सक्ने टेलिकमले जनाएको छ ।

जिएसएम तथा सिडिएमएका ग्राहकले उक्त प्याक खरिद गरेपछि ६० मिनेटसम्म कम्पनीको नेटवर्कभित्र अनलिमिटेड कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सक्नेछन् । उक्त प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

आजबाट सुरु भएको फ्रिडम प्याक फागुन ८ गतेसम्म खरिद गर्न सकिनेछ । एकपटक खरिद गरेको प्याक सकिएपछि अर्कोपटक पनि प्याक खरिद गर्न सकिने टेलिकमको विज्ञप्तीमा उल्लेख गरीएको छ ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com