अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्राइमरी भिसामा अमेरिका गएका व्यक्तिलाई ब्यापार व्यवसाय गर्न छुट नदिने तयारी गरेका छन् । अमेरिकी नागरिकको बेरोजगारी दर बढेको भन्दै राष्ट्रपति ट्रम्पले यसलाई रोक लगाउने तयारी गरेका हुन् ।
पूर्व राष्ट्रपति बाराक ओबामाले सन् २०१५ मा अमेरिकामा प्राइमरी भिसामा रहेकाहरुले अमेरिकामा व्यवसाय गर्न छुट दिने नियम लागू गरेका थिए ।
जसका कारण विश्वका हजारौं मानिस अमेरिकाका विभिन्न शहरमा प्राइमरी भिसामा पुग्दै ब्यापार व्यवसाय गर्दै आएका छन् ।
अमेरिकी जनताको बेरोजगारी दर घटाउन र जीवनस्तर उकास्नका लागि राष्ट्रपति ट्रम्पले प्राइमरी भिसामा काम गर्न पाउने प्रावधान खारेज गर्ने तयारी गरेको बताइएको छ ।
ओबामा प्रशासनकै बेला हजारौं अमेरिकी नागरिकले ओबामाको निर्णयप्रति बिरोध जनाउँदै प्रदर्शनसमेत गरेका थिए ।

English
MTV NEPAL MTVNEPAL


