फागुन७ अर्थात आज प्रजातन्त्र दिवस । वि.सं. २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको आज देशैभरी ६८ औं ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।
दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरीएको छ । फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेष रुपमा यो दिवस मनाउँदै आएको छ ।
१ सय ४ वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भयो र प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ साल माघमा बलिदानी दिएका थिए ।
दिवसका उपलक्ष्यमा सार्वजनिक बिदासमेत दिने गरिएको छ ।

English
MTV NEPAL MTVNEPAL


