एकै खेलमा १० रातो कार्ड

एउटा फुटबल खेलमा कति वटासम्म रातो कार्ड देखाइन्छ ? १,२,३ अथवा ५ । तर ब्राजीलमा भएको एउटा खेलमा १० वटा रातो कार्डको किर्तिमान बनेको छ ।

बाहिया स्टेट च्याम्पियनसीप फुटबल प्रतियोगिताका क्रममा बाहिया र भिटोरिया क्लबबीचको खेलमा १० रातो कार्ड देखाइएको हो ।

१० वटा रातोकार्ड पछि भने रेफ्रीले खेल स्थगित गरेका छन् । खेलको पहिलो हाफमा घरेलु टोली भिटोरियाले १–० को अग्रता लियो । दोस्रो हाफमा पाहुना टोलीले पाएको पेनाल्टीलाई गोलमा परिणत भएको थियो ।

दुबै टोलीका खेलाडीले मुक्का बर्साउन थालेपछि ८ खेलाडीलाई रातो कार्ड देखाईयो । पछि थप दुई खेलाडीले रातो कार्ड पाएपछि रेफ्रीले खेल रोकेका हुन् ।

खेलका क्रममा दुबै टोलीका ५–५ खेलाडीले रातो कार्ड पाएका थिए । अन्य ८ खेलाडीलाई भने पहेंलो कार्ड देखाइएको थियो ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com