धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट अन्तर्गत आज दुईवटा खेल हुँदैछन् । पहिलो खेल बिहान ९ बजेपछि रुपन्देही च्यालेन्जर्स र सिवाइसी अत्तरिया बिच हुनेछ ।
खेल संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सुरु हुनेछ । रुपन्देही शक्ति गौचन नेतृत्वको टीम हो भने अत्तरियाको कप्तान सुवास खकुरेल हुन् ।
त्यस्तै दोश्रो खेलमा महेन्द्रनगर युनाइटेड र विराटनगर किंग्स खेल्नेछन् । खेल दिउँसो १ बजेपछि सुरु हुनेछ । विराटनगर राष्ट्रिय टिमका कप्तान पारस खड्काको कप्तानीमा छ भने महेन्द्रनगरका कप्तान विनोद भण्डारी हुन् ।

English
MTV NEPAL MTVNEPAL


