केहि दिनअघि मात्र नेपाल स्थित युएई दुतावासले राजधानिको नागपोखरी स्थित वीसीएन ट्राभल्स एण्ड टुर्स प्रा लि लाई युएई को थप असल चालचलन प्रमाणीकरण गर्न अख्तियारी दिएपछि वैदेशिक रोजगारको क्षेत्रमा एक नयाँ तरंग फैलियो कारण थियो भारतसहित ८ देशको कामदारहरुले बिना प्रहरी रिपोर्ट नै युएई जान पाउने व्यवस्था भईसकेपनि नेपाल सरकारले सो बारेमा कुनै कुटनितिक पहल सुरु गरेको थिएन । जसले गर्दा नेपाली कामदारहरुले विभिन्न प्रक्रिया पुरा गर्दै प्रहरी रिपोर्ट बनाउने झमेलामा परिरहेको थिए ।
तर, अब भने रोजगारीका लागी युएई जाने कामदारहरुले प्रहरी प्रतिवेदन बनाउने तथा उक्त प्रतिवेदन प्रमाणीकरण गर्नुपर्ने झन्झटिलो व्यवस्था हटेको छ । श्रम तथा गृह मन्त्रालय , नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चरणबद्ध पहल पश्चात प्रहरी रिपोर्ट बनाउने तथा प्रमाणीकरण गर्ने व्यवस्था हटेको छ । यसबाट वैदेशिक रोजगारीका लागी युएई जाने कामदारहरुको प्रक्रिया सहज बनेसँगै कामदारहरु माथिको आर्थिक भार कम भएको छ । यूएई सरकारको निर्णय प्रति नेपाल बैदेशिक रोजगार व्यवसायी संघले स्वागत गरेको छ ।
यो निर्णय कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारको क्षेत्रमा लाईन लागेका समस्या हट्लान भन्ने आशा बढेको छ । यद्यपि अन्य खाडि देश जान अपनाईने अनावश्यक प्रक्रियालाई पनि तत्काल हटाउन जरुरी छ ।

English
MTV NEPAL MTVNEPAL


