स्टाम्फर्ड ब्रिजमा बर्नमाउथले चेल्सीलाई ३, ० ले हराएको छ । पहिलो हाफमा गोलरहित रहेपनि बर्नमाउथको दोस्रो हाफमा भएको उत्कृष्ट प्रदर्शनका कारण उसको जित सुनिश्चित भएको हो । पहिलो हाफ गोलरहित रहेपनि चेल्सीले केही गोल गर्ने अवसर सिर्जना गरेको थियो । दोस्रो हाफको सुरुआतमै क्यालम विल्सनले ५१ अौं मिनेटमा अग्रता दिलाए । ६४ अौं मिनेटमा जुनियर स्टानिस्लासले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । तीन मिनेटपछि चेल्सीबाट गत सिजन बर्नमाउथ पुगेका नाथन एकेले तेस्रो गोल गरे । यस हारसँगै चेल्सी २५ खेलमा ५० अंकसहित तालिकाको चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको सिटी १८ अंकले अगाडि छ ।

English
MTV NEPAL MTVNEPAL


