फिल्म निर्देशन गर्न शैक्षिक प्रमाणपत्र चाहिने शर्त खारेजी गर्न दबाब

चलचित्र विकास बोर्डले दुइवर्षअघि बाट लागु गरेको नियम खारेजीको माग चलचित्र निर्माता संघले गरेको छ । चलचित्र निर्माताहरुको छाता संगठन चलचित्र निर्माता संघले उक्त नियम व्यवहारिक रुपमा उपयुक्त नभएकोले खारेजीको माग गरेको हो । बुधवार बोर्डकी अध्यक्ष निकिता पौडेललाई ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो । चलचित्र विकास बोर्डले करिब दुईवर्षअघि कसैले चलचित्र निर्देशन गर्न चाहेमा मान्यताप्राप्त शिक्षण संस्थाबाट फिल्म निर्देशन पढेको हुनुपर्ने वा नेपाली फिल्म क्षेत्रमा कम्तीमा १० वर्षको कार्यानुभव आवश्यक पर्ने व्यवस्था गरेको थियो ।जवाफमा बोर्ड अध्यक्ष पौडेलले संघका मागहरू जायज रहेकाले आवश्यक अध्ययनपछि कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com