अर्को वर्षदेखि एसइईको परीक्षा प्रदेश स्तरमा हुने भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालका अनुसार २०७५ सालबाट सातओटै प्रदेशका प्रदेश परीक्षा बोर्डका कार्यालयमार्फत परीक्षा संचालन हुने जानाकारी दिएका छनु् । । उक्त निर्णय अब छिट्टै मन्त्रालयमार्फत हुने पनि जनाएका छन् । मुलुक अब नयाँ प्रणालीमा प्रवेश गरेको भन्दै अब त्यसको संचालन प्रत्येक प्रदेशले गर्ने बताएका छन् । परीक्षा एउटै मितिमा भएपनि प्रत्येक प्रदेशमा प्रश्नपत्र फरकफरक रहेने भएका छन् । साथै परीक्षाफल भने एउटै समयमा प्रकाशन हुनेछ ।
मन्त्रालयले मुलुक संघीयतामा गइसकेपछि शिक्षा ऐन, २०२८ को नवौं संशोधनमा पनि प्रदेशस्तरमा एसइई सन्चालन भएअनुसार प्रदेशबाट सन्चालनको तयारी थालिएको मन्त्रालयका सूचना अधिकारी सरस्वती पोखरेलले बताइन् । प्रदेशबाट एसइई सन्चालनका लागि ६ नम्बर प्रदेशबाहेक सबै प्रदेशमा परीक्षा बोर्डका कार्यालय रहेका छन् । मन्त्रालयका प्रवक्ता डा। लम्सालले राष्ट्रिय परीक्षा बोर्डको शाखा कार्यालय खोल्न तयारी भइरहेको बताए ।

English
MTV NEPAL MTVNEPAL


