HENDERSON, NV - OCTOBER 05: Republican presidential nominee Donald Trump speaks during a campaign rally at the Henderson Pavilion on October 5, 2016 in Henderson, Nevada. Trump is campaigning ahead of the second presidential debate coming up on October 9 with Democratic presidential nominee Hillary Clinton. (Photo by Ethan Miller/Getty Images)

डीभी भिसा बन्द गर्ने डोनाल्ड ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशलाई उपलब्ध गराउँदै आएको डिभी चिठ्ठा बन्द गर्ने घोषणा गरेका छन् । अमेरिकी कंग्रेसको संयुक्त सदनको सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । अमेरिकामा जथाभावी आप्रवासी भित्रिएको भन्दै अब आप्रबासीलाई नियन्त्रण गर्नको लागि कठोर नीति लिनुपर्ने धारणा राखेका हुन् ।  ट्रम्पले आप्रवासी र डीभी लोटरी भिसाबारे पनि उक्त कार्यक्रमको भाषणमा केही प्रमुख निर्णयहरु सुनाएका छन् । आप्रवासी सम्बन्धी योजनालाई उनले चार भागमा विभाजित गरि आफ्नो धारणा प्रस्तुत गरेका हुन् । पहिलो चरणमा उनले १८ लाख आप्रवासीलाई नागरिकता प्रदान गरिने बताए । त्यस्तै दोस्रोमा सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई अझ कडा बनाइने, तेस्रोमा ग्रीन कार्ड लोटरी भिसाको सुविधालाई अन्त्य गराउने जानकारी गराए । र, चौथोमा चेन माइग्रेसन अन्तर्गत एकजना बराबर ल्याउन पाइने परिवारको सदस्यको सङ्ख्यालाई न्युन गराउने योजना उनले सार्वजनिक गराएका छन् ।

राष्ट्रपति ट्रम्पले पछिल्लो समय अमेरिकाको न्यूयोर्कमा भएका आतङ्की हमलाका प्रमुख कारण भिसा लोटरी र चेन माइग्रेसन जस्ता सुविधा भएको बताए । यी सेवाहरुले जोकोहीलाई पनि देशमा सजिलै प्रवेश दिलाइरहेकाले अमेरिकामा आतङ्की हमला बढ्दै गएको उनी बताउँछन् । भिसा लोटरी सुविधामा दक्षता, शीप, योग्यता र मानवीय सुरक्षा जस्ता विशेषताबारे गम्भीरतापूर्वक जाँच नगरिने भएकाले यसले अमेरिकी नागरिकहरुको सुरक्षामा खतरा पैदा गरेको हुँदा यसको अन्त्य गर्न जरुरी भएको उनको भनाइ छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com