गुल्मीमा एक युवकले गरे प्रेमिकाको हत्या

गुल्मीमा एक युवाले आफ्नै प्रेमिकाको हत्या गरका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका वडा नम्बर ८ ठगुना निवासी २३ वर्षका प्रदीप पराजुलीले बांग्लुग जिल्ला जैमिनी नगरपालिकाकी कमला शर्माको हत्या गरेको आशंकामा प्रहरीले उक्त युवालाई पक्राउ गरेको छ । युवतीको शव भने गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ घुमाउने खोलामा भेटिएको थियो । गुल्मीका प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले आफैले उक्त युवालाई पक्राउ गरेको जानाकारी दिएका छन् ।  कमला र आफुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको वयान प्रदीपले दिएका छन् । युवतीले महिनावारी रोकिएकोले उनलाई विवाह गर्न आग्रह गरेकी थिइन । प्रदीपले भने विवाह गर्न कर लगाएपछि गत माघ ५ गते मारेर पुलबाट खसालिदिएको बयान प्रहरीसमक्ष दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com