युरोपा लिग फुटबलमा भएको खेलमा घरेलु मैदानमा आर्सनल अस्टरसण्डसँग पराजित भएको छ । पराजित भए पनि आर्सनलले अन्तिम १६ मा भने स्थान सुरक्षित गरेको छ ।
गएराति भएको खेलमा आर्सनल स्वीडिस क्लब अस्टरसण्डसँग २–१ ले पराजित भयो । तर समग्रमा ४–२ को जितसँगै इङ्लिस क्लब आर्सनल प्रि–क्वाटर फाइनलमा पुग्न सफल भएको छ ।
अस्टरसण्डले पहिलो हाफको २२ औं र २३ औं मिनेटमै दुई गोल गरेको थियोे । पहिलो हाफमा २–० को अवस्थालाई उल्टाउने प्रयासमा आर्सनलका लागि सिड कोलासिनाकले दोस्रो हाफको सुरुमै एक गोल फर्काए ।
गएराति नै भएका अन्य खेलहरुबाट एथलेटिको मड्रिड, एथलेटिको बिल्बाओ, डाइनामा किएभ, एसी मिलान, जेनिट सेन्टपिटर्सवर्गलगायतका क्लबले पनि १६ मा स्थान बनाएका छन् ।

English
MTV NEPAL MTVNEPAL


