d'n'se/ jiff{sf] k|efj klZrdL jfo'sf] k|efjsf sf/0f a'waf/ ljxfg sf7df8f}Fnufot b]zsf clwsf+z e]udf jiff{ x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

पश्चिमी वायुको असरले काठमाडौंमा वर्षा, देशका अधिकांश भेगमा बदली

स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  उक्त वायुको प्रभावसँगै पश्चिमी वायुको सामान्य असरले आज खासगरी देशभरका पहाडी भेगमा बदली र एक÷दुई स्थानमा हल्का वर्षा गराउने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।  उहाँका अनुसार उपत्यकाको उत्तरी भेगमा बढी बदली रहेको र मेघ गर्जनसहित बाक्लो बादल बनेकाले हल्का वर्षा हुनेछ । अहिले मध्यपहाडी भेगमा बढी बदली रहेको छ भने काठमाडौँका कतिपय स्थानमा छिटफुट वर्षा भइरहेको छ ।

स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहे पनि मध्याह्नपछि बदली हुने गरेको छ । पूर्व मनसुनको याम पनि भएकाले यस्तो गतिविधि जारी रहने मौसमविद् आर्यालले बताउनुभयो । सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्वमनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षात् गराउने सम्भावना हुन्छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम २३.२ र न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी नेपालगञ्जको तापक्रम २९ डिग्री सेल्सियस रहेको छ । रासस

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com