Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT

इन्डक्सन चुलोको प्रयोगमा जोड दिन कुलमान घिसिङको योजना

नेपाल विद्युत प्राधिकरणले देशमा उत्पादित विद्युत खपत बढाउन इन्डक्सन चुलोको प्रयोग बढाउने योजना तयार पारेको छ ।

ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउने उद्देश्यले विद्युतीय सवारी साधनका साथमा इन्डक्सन चुलोको प्रबर्द्धन गर्ने योजना कार्यकारी निर्देशक कुलमान घिसिङले तयार पारेका हुन् । एलपीजी ग्यासभन्दा इन्डक्सनबाट खाना पकाउँदा सस्तो पर्ने उनको भनाइ छ ।

राजधानीमा बिहीबार बारबारा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले भारतबाट आयातीत ग्यास र पेट्रोलभन्दा विद्युतबाट फाइदा रहेको उल्लेख गरे । ‘एलीपीजी ग्यासबाट १० लिटर पानी उमाल्न १७ रुपैयाँ खर्च हुन्छ, विद्युत् प्रयोग गर्ने हो भने १० रुपैयाँमै पानी उमाल्न सकिन्छ,’ उनले भने ।

अहिले प्राधिकरणले भारतबाट करिब चार सय मेगावाट बिजुली आयात गरिरहेको छ । प्राधिकरणका अहिले ३४ लाख घरेलु ग्राहक छन्, जसले बत्ति बाल्न मात्र विद्युतको बढी प्रयोग गर्छन् ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएसँगै देश वर्षायाममा बिजुलीमा आत्मनिर्भर हुनेछ । तर, सुख्खा याममा पनि आत्मनिर्भरता कायम राख्न जलाशययुक्त आयोजनाहरूको निर्माण गर्नुपर्ने घिसिङले बताए ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com