राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं टेनिस खेलाडी कमल थापा राष्ट्रिय टेनिस प्रतियोगिताको भेट्रान्स फाईनलमा पुर्व नेपाल च्याम्पियन कृष्ण घलेसंग पराजित भएका छन् ।
बुटवलमा भएको खुल्ला राष्ट्रिय टेनिस प्रतियोगिताको भेट्रान्स फाईनलमा पुर्व नेपाल च्याम्पियन कृष्ण घलेसंग थापा १/६,६/१ र ८/१०को तीन सेटमा पराजित भएका हुन् ।
‘लामो समयको अन्तराल पछि प्रतिस्पर्धात्मक खेलमा भागलिई दोस्रो हुन पाउँदा खुसी लागेको छ । कृष्णलाई बधाई र आयोजक बुटवल टेनिस क्लबलाई प्रशंसा सहित धन्यवाद’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
पूर्ववर्ती शेरबहादुर देउवा सरकारका उपप्रधानमन्त्री थापा मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मकवानपुरबाट पराजित भएका थिए ।

English
MTV NEPAL MTVNEPAL


