श्रीदेवीको पोस्टमोर्टम रिपोर्ट सार्वजनिक : बाथटबमा डुबेर भयो मृत्यु

श्रीदेवीको मृत्युको पोस्टमार्टम रिपोर्ट यूएईको भारतीय राजदूतावासलाई सुम्पिइएको छ ।  पोस्टमोर्टमको विस्तृत जानकारी दिइएको छैन । सूत्रहरूका अनुसार, श्रीदेवीको मृत्यु बाथटबमा डुबेर भएको हो ।   प्रहरीका अनुसार, भारतीय उच्चायोगको प्रक्रिया पूरा भएपछि पार्थिव शरीर भारत लगिनेछ । शरीर उनको घर वर्सोवामा लगिनेछ । पूरा घरलाई सेतो फूलले सजाइएको छ । श्रीदेवीको पोस्टमोर्टम आइतवार नै भएसकेको थियो तर रिपोर्ट आउन ढिलो भयो । त्यसैले गर्दा उनको मृत्यु प्रमाणपत्र पनि ढिलो बन्यो । राति अबेर श्रीदेवीको शरीर मुम्बई ल्याइने सम्भावना रहेको बताइएको छ ।  श्रीमतीको मृत्युपछि बोनी कपूर बच्चाहरूले जस्तै रोएको बताइएको छ ।
यसैबीच गल्फ न्युज वेबसाइटले प्रकाशित गरेको खबरअनुसार श्रीदेवीको शरीरमा अल्कोहलको मात्रा भेटिएको थियो ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com