स्पेनिस लिग फुटबलमा रियल मड्रिड पराजित भएको छ । गएराति इस्पानियोलको मैदानमा भएको खेलमा घरेलु टोली १÷० ले विजयी भयो ।
ईस्पानियोललाई विजयी गराउन जेरार्ड मोरेनोले खेलको इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । ईस्पानियोलले सन् २००७ यता रियल मड्रिडमाथि जित हात पारेको यो पहिलो अवसर हो ।
पछिल्लो २२ खेल मध्य तीनमा बराबरी गर्नु बाहेक अरु सबैमा हार व्यहोरेको इस्पानियोलले गएरातिको खेलमा भने रियाललाई स्तब्ध पार्न सफिल रह्यो ।
यो हारसँगै रियाल मड्रिडले स्पेनिस ला लिगामा शिर्ष स्थानको बार्सिलोनासँग अंक दुरी घटाउने अवसर गुमाएको छ ।

English
MTV NEPAL MTVNEPAL


