हेटौंडा–सिन्धुली हुँदै धरानसम्म जोड्ने निर्माणाधिन सडकको प्रदेश ३ का मुख्यमन्त्रीले स्थलगत अवलोकन गरेका छन् ।
बुधबार बिहान मुख्यमन्त्री पौडेल, गृहमन्त्री शालिकराम जमरकट्टेल र आयोजना प्रमुख कर्णबहादुर रानाभाटसहितको टोली अनुगमनमा निस्किएको हो । टोली अनुगमन गर्दै वागमतीसम्म पुग्ने योजना छ ।
पूर्वपश्चिम राजमार्गमा सवारी चापलाई घटाउने र तराई क्षेत्रमा बिभिन्न बहानामा हुने अवरोधलाई हटाउन हेटौंडा–धरान सडक महत्वपूर्ण मानिएको छ ।
हाल हेटौंडा–सिन्धुली र सिन्धुली–उदयपुर गरी दुई खण्डमा सडक निर्माणको काम चलिरहेको छ ।
३१८ किलोमिटर लामो यो सडकले धरानलाई चतरा, गाईघाट, सिन्धुली हुँदै मकवानपुरको हेटौंडासँग जोड्छ ।
सडकलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरी कामलाई तिव्रता दिइएको छ । उदयपुरको बसाहादेखि सिन्धुलीको भिमानसम्मको १ सय ३५ किलोमिटर पूर्वी र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किलोमिटर सडकलाई पश्चिमी खण्डका रूपमा विभाजन गरिएको छ ।
सडकको पूर्वी खण्डमा ४३ र पश्चिमी खण्डमा ३३ वटा पुल निर्माण गरिनेछ । ०६४÷६५ बाट सुरु भएको आयोजनाको कुल लागत १० अर्ब मध्य ७ अर्ब सडकमा र ३ अर्ब बजेट छुट्याईएको छ ।

English
MTV NEPAL MTVNEPAL


