नेपाल सरकारले वैदेशिक रोजगारीको लागी फ्रि भिसा फ्रि टिकट लागु गरेर विदेश जाने नेपाली कामदारहरुलाई आर्थिक शोषण बाट बचाउने भनेर लागेपनि युएई जाने कामदारहरु भने आफ्नै देशमा पिडित भईरहेका छन् । आफ्नै नागरीकहरु पिडित भईरहदा पनि नेपाल सरकार भने चुप रहेको छ ।
वैदेशिक रोजगारीमा जाने हरेक कामदारहरुको चालचलनको रिपोर्ट नेपाल प्रहरीले बनाउदै आएको छ । ग्रामिण भेगबाट आएका मानिसहरु उक्त रिपोर्ट लिनका लागी हप्तौ काठमाडौका होटलमा बस्नुपर्ने बाध्यता हुँदा धेरै आर्थिक भार पर्नु त छदैँ छ, त्यसमाथि युएई सरकारको नयाँ नितिका कारण नेपाली कामदारहरुको पिडा दोब्बर बनेको छ ।

काठमाडौको महँगीमा बस्नुपर्ने बाध्यता त छदैँ छ, असल चालचलन प्रमाणीत गर्ने प्रहरी रिपोर्ट बनाउन लाईनमा बस्नुपर्ने बाध्यता पनि छ । रिपोर्ट बनाईसकेपछि त्रिपुरेश्वर स्थित कन्सुलर कार्यालय देखि राजधानीको लाजीम्पाटस्थित युएई राजदुतावास पनि त्यत्तिकै पट्यारलाग्दो लाईनमा बसेर रिपोर्ट बुझाउनुपर्छ । त्यति मात्रैले पुग्दैन कामदारहरुले रोजगारी नपाउँदै दुतावासलाई ४ हजार ३ सय रुपैयाँ तिनुपर्छ ।
युएई सरकारको यो निर्णयले यूएई जाने कामदारहरुले मासिक चारदेखि पाँच हजार तिर्नुपर्छ भने यसअघि नै यूएई पुगेका झण्डै दुई लाखभन्दा बढि नेपालीहरु पनि थप खर्चको शिकार भएका छन् ।
उता मलेसिया सरकारले रोजगारीमा जाने नेपाली कामदारहरुलाई पनि आर्थिक भार पर्नेगरी VLN, OSC, ISC(GSG) Biometric, Migrams जस्ता अनावश्यक संस्थाहरु खडा गरी थप आर्थिक भार थुपारिरहेको छ । जबकि मलेशिया रोजगारीमा जाने नेपाली श्रमिकले भिषा स्टाम्पिङ बापत सम्बन्धित दुतावासमा रु.७०० मात्र भुक्तानि गरे पुग्छ । तर हाल उक्त रकमको सट्टा कामदारहरुले रु.१७,००० तिर्नुपर्छ । तर दुतावासले भने रु ७०० नै भुक्तानी गरेको बिल दिने गरेको छ । यसरी कम रकमको भुक्तानी नेपाल सरकारकै स्विकृतिमा भएको हो ? यदि हो भने सरकारको कामदारहरुप्रति यो कस्तो सहानुभुति हो ? यदि सरकारलाई थाहा छैन भने यो कार्यलाई सरासर दुतावासहरुको धन्दा मान्न सकिन्छ ?
गत फेब्रुअरि ४ तारिख देखि लागु नयाँ नियमअनुसार पछिल्लो पाँच वर्षमा नेपाल बाहेकको मुलुकहरुमा बसोबास गरेको भए उक्त मुलुकबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँचवर्ष भन्दा बढि अवधि युएई बसोबास गरेको भएमा युएईकै प्रहरी निकायले यस्तो प्रमाणपत्र उपलब्ध गराउने छ ।
तर पछिल्लो पाँच वर्षको अवधिभित्र अन्य मुलुकमा नगएका नेपाली नागरीकहरुको हकमा नेपालबाटै चालचलन प्रमाणपत्र बनाइ उक्त प्रमाणपत्र कन्सुलर सेवा विभाग, त्रिपुरेश्वर र काठमाडौस्थित यूएईको राजदुतावास बाट प्रमाणीकरण गरी यूएईको सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था गरिएको हो ।

English
MTV NEPAL MTVNEPAL


