१६ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् ।
पहिलो सेमिफाइनलमा आज रुस्लान थ्रीस्टार र पाहुना टोली बंगलादेशको उत्तर बरिन्धारा क्लब भिड्ने छन् । क्वाटरफाइनलमा बरिन्धराले सुदुरपश्चिमलाई हराएर अन्तिम चारमा स्थान बनाएको हो भने थ्रीस्टारले बिभागीय एपिएफको चुनौती पछ्याउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
सुदुरपश्चिमविरुद्धको खेलमा बरिन्धाराका काण्डे लानसाने र सिल्ला सोन्लेमेनले दोहोरो पहँेलो कार्ड खादै मैदान छाडेका थिए । महत्वपुर्ण २ खेलाडीको स्थानमा वैकल्पिक २ खेलाडी बरिन्धाराको प्लेईङ सेटमा रहनेछन् । यसको फाईदा थ्रीस्टारलाई पुग्नेछ । पछिल्ला प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको थ्रीस्टार आजपनि आफ्नो लय अनुसारको खेल खेल्दै यसै महिना अर्को ठुलो उपाधी नजिक पुग्ने दाउमा रहेको छ ।
सेमिफाइनल भिडन्त पोखरा रंगशालामा दिउँसो ३ बजेपछि सुरु हुनेछ । विजेताले ७ लाख रुपैयाँ हात पार्ने प्रतियोगितामा १२ टोली सहभागी छन् ।

English
MTV NEPAL MTVNEPAL


