काठमाडौं, माघ १७ – नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्रा सटहिका लागी विनिमय दर निर्धारण गरेको छ ।
बैंकले आजका लागी एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०६ पैसा र विक्रिदर २७ रुपैयाँ २२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र विक्रिदर २८ रुपैयाँ ०३ रुपैयाँ छ ।
त्यस्तै युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६३ पैसा र विक्रिदर २७ रुपैयाँ ७९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ०१ पैसा र विक्रिदर २६ रुपैयाँ १६ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र विक्रिदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३८ रुपैयाँ ६२ पैसा छ भने विक्रिदर ३ सय ४० रुपैयाँ ६२ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ६९ रुपैयाँ १५ पैसा र विक्रिदर २ सय ७० रुपैयाँ ७४ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

English
MTV NEPAL MTVNEPAL


