हडर्सफिल्ड टाउनलाई हराउदै लिभरपुल विजयि

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भएको खेलमा लिभरपुल विजयी भएको छ ।
मंगलबार राति भएको खेलमा लिभरपुलले हडर्सफिल्ड टाउनलाई ३–० ले हरायो । लिभरपुलका एम्रे च्यान, रोबर्टो फर्मिनो र मोहम्मद सालाहले एक÷एक गोल गरे ।

मंगलबार राति नै भएको अर्को खेलमा आर्सनललाई स्वान्सी सिटीले ३–१ ले हराएको हो ।

खेलमा स्वान्सी सिटीलाई विजयी गराउन स्याम क्लुकासले दुई तथा जोर्डन आयुले एक गोल गरे । आर्सनलका नाचो मोन्रियालले सुरुआती गोल गरेका थिए ।

प्रिमियर लिगकै अर्को खेलमा वेस्ट ह्याम युनाटेड र क्रिस्टल प्यालेसले एक–एक गोलको बराबरी खेलेका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति ७ खेल हुनेछन् । शीर्ष स्थानको म्यानचेस्टर सिटीले वेस्ट ब्रोमसँग खेल्दा टोटनह्याम हट्सपर र म्यानचेस्टर युनाइटेड भिड्नेछन् ।

यसैगरी, चेल्सीले बर्नमाउथको सामना गर्दा एभर्टनले लेस्टर सिटीसँग खेल्नेछ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com