अब गुगलको प्लेस्टोरमा निःशुल्क अडियो बुक्स

अमेजनलाई टक्कर दिनका लागि गुगलले बुधबार गुगल असिस्टेन्ट इन्टिग्रेसनका साथमा आफ्नो प्लेस्टोरमा अडियो बुक्स लञ्च गरेको छ । जुन ४५ देशमा विभिन्न ९ भाषामा उपलब्ध छ ।

गुगलको अडियोबुक्स एप्पलको आइबुक्स र अमेजनको अडिबलजस्तै हो । तर यसमा अडियोबुक्स खरीद गर्नका लागि कुनैपनि मासिक शुल्क तिर्नुपदैन ।

प्रयोगकर्ताले गुगल असिस्टेन्टमा ‘ओके गूगल, रीड माई बुक’ भनेर आफ्नो मनपर्ने किताब सुन्न सक्नेछन् ।

गुगल प्ले बुक्सका उत्पादन प्रबन्ध प्रमुख ग्रेग हर्टरेलले भनेका छन, ‘हामीले आज गुगल अडियोबुक्स जारी गरिरहेका छौँ । यो ती प्रयोगकर्ताका लागि हो जसले किताबलाई अडियोका माध्यमबाट सुन्न चाहन्छन् ।’

अडियोबुक्सका साथ गुगल असिस्टेन्टको इन्टिग्रेसन एन्ड्रोइड, आइओएस, क्रोमकास्ट, एन्ड्रोइड वेयर, एन्ड्रोइड अटो तथा ल्यापटपमा पनि उपलब्ध छ ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com