जिल्ला सदरमुकाम सारिएको विरोधमा रुकुमकोटबासी आन्दोलित सरकारी कार्यालयमा तालाबन्दी

१२ माघ । यतिबेला रुकुम तनावमय बनेको छ । सरकारले जिल्ला सदरमुकाम अन्यत्र तोकेको भन्दै रुकुम पूर्वको रुकुमकोटबासीले आन्दोलन थालेका छन् ।

अहिलेसम्म रुकुम पूर्वको सदरमुकामको रुपमा रुकुमकोटबाट कामहरु हुँदै आएको थियो । तर, बिहीबार राति बसेको मन्त्रिपरिषद बैठकले पुथाउत्तरगंगा गाउँपालिका १२, को गोलखाडालाई केन्द्र तोकिदिएको छ ।
निर्णयको विरोधमा रुकुमकोटबासीले गएरातिदेखि नै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् भने राति मसाल जुलुस पनि निकालेका छन् । चोकचोकमा टायर बालिएको छ ।
स्थानीयले रुकुमकोट आउने र बाहिर जाने यातायात पनि बन्द गराएका छन् । उनीहरुले जिल्ला अदालत बाहेक सम्पूर्ण सरकारी कार्यालयमा बिहानै ताला लगाइदिएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com