सातओटै प्रदेशका प्रदेश प्रमुखले प्रदेशसभाको पहिलो बैठक बोलाउने भएका छन् । संबैधानिक व्यवस्थाअनुसार नै बैठक बोलाइएको प्रदेश नम्बर ५ का उमाकान्त झा ले जानाकारी दिएका छन् । प्रदेश नं १ बाहेक सबै प्रदेशको बैठक आह्वान गरिएको छ । प्रदेश– २ का प्रमुख रत्नेश्वरलाल कायस्थले २१ माघमा पहिलो बैठक आह्वान गरेका छन् । उनले ७ माघमा प्रदेशसभा सदस्यहरूको शपथ सकिएलगत्तै पहिलो बैठकको आह्वान गरेका थिए । प्रदेश– ३ की प्रमुख अनुराधा कोइरालाले १८ माघका लागि पहिलो बैठक आह्वान गरेकी छिन् । प्रदेश– ४ का प्रमुख बाबुराम कुँवरले २२ माघमा बैठक आह्वान गरेका छन् भने प्रदेश– ५ का प्रमुख झाले २३ माघमा पहिलो बैठक बोलाएका छन् । यसैगरी प्रदेश– ६ का प्रमुख दुर्गाकेशर खनाल र प्रदेश– ७ का प्रमुख मोहनराज मल्लले २१ माघमा पहिलो बैठक डाकेका छन् ।
बिहीबार झाले पहिलो बैठकले प्रदेशको नामदेखि सभामुख लगायतको बारेमा समेत छलफल गर्ने बताए । ‘बैठकका ऐजेण्डाहरूबारे छलफल जारी नै छ अहिलेलाई मितिबारे मात्रै टुंगो लगाइयो’ उनले भने,‘सबै प्रदेशरूको पहिलो बैठकको एजेण्डा करिब–करिब उस्तै नै हुनेछन् ।’ झाले संवैधानिक व्यवस्थाअनुसार नै सरकार गठन हुने बताए । उनले भने ‘तत्काल २ वटा काम वैठकले गर्नेछ, प्रदेशसभा बोलाउने र सरकार गठन गर्ने ।’
संघीय संरचनाअनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरू तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान भएको हो ।

English
MTV NEPAL MTVNEPAL


