सेयर जारी नहुँदा घाटैघाटा

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि समयमै सेयर जारी हुन नसक्दा मासिक पौने तीन करोड रुपैयाँ व्ययभार थपिएको छ ।  आयोजनामा सर्वसाधरणको २५ प्रतिशत अर्थात् २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भए पनि निर्माण सम्पन्न हुने बेलासम्म सेयर जारी हुन सकेको छैन । सर्वधरणमा सेयर जारी नहुँदा आयोजनाले ऋण गरेर निर्माण कार्य अघि बढाइरहेको छ । आयोजनामा ऋण लगानी गर्ने संस्थाहरुसँग वार्षिक १२ प्रतिशत व्याज तिर्ने सम्झौता छ । यो हिसावले वार्षिक ३१ करोड ७७ लाख रुपैयाँ सर्वसाधरणबाट उठ्ने सेयरको व्याज तिर्नुपर्ने अवस्था आएको छ । आयोजना प्रभावित दोलखा जिल्लावासीको १ अर्ब ५ करोड ९० लाख र देशभरका सर्वसाधरणबाट १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको रकम सेयरबाट उठाउनु पर्छ । तर, अहिलेसम्म आयोजनाका लागि यो रकम उठेको छैन, कारोबारमा खबर छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com