विगतमा सामान्य प्रशासन मन्त्री बन्दा राम्रो काम गरेर चर्चा कमाएका लालबाबु पण्डित केपी ओली सरकारमा मन्त्री बनेका छन् । पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि एमालेका तर्फबाट अन्य दुर्इ जना नेता मन्त्री बन्ने चर्चा चलेको थियो । एमालेका महासचिव र्इश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली मन्त्री बन्ने एमाले नेताहरूको दाबी विपरित अोलीले लालबाबु र थममाया थापालार्इ मन्त्री बनाएका हुन् । पण्डितसँगै थममाया थापाले मन्त्रीको शपथ लिएका छन् । मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पण्डित मोरङ ६ मा कांग्रेसका शेखर कोइरालालाई पराजीत गरेर विजयी भएका थिए । सामान्य प्रशासन मन्त्री रहेको समयमा डिभी पिआर लिएका कर्मचारीलाई जागिर छाड्न बाध्य पारेका थिए ।

English
MTV NEPAL MTVNEPAL


