मकाउलाई हराउँदै नेपालको शानदार जित

हङकङसँग लगातार दोस्रो जित हात पारेको नेपाली राष्ट्रिय भलिबल टोलीले बुधबार मकाउको राष्ट्रिय टोलीविरुद्ध पनि जित हात पारेको छ । प्रतिस्पर्धाविहीन खेलमा नेपाली राष्ट्रिय टोलीले खेल तीन सेटमै टुंग्याएको थियो । मकाउ युनिभर्सिटी स्पोर्ट्स सेन्टरमा भएको खेलमा नेपाली टोलीले मकाउविरुद्ध २५–१३, २५–१७, २५–१७ ले खेल आफ्नो पक्षमा पारेको हो । पहिलो सेट नेपाललाई सजिलै सुम्पिएको मकाउले दोस्रो र तेस्रो सेटमा केही टक्कर दिने प्रयास गरे पनि सफल भएन । नेपाली राष्ट्रिय टोलीका खेलाडी सामुन्ने मकाउका खेलाडी फिका साबित भए । खेलपछि नेपाली राष्ट्रिय टोलीका कप्तान इम रानामगरले जितले खुसी लागेको प्रतिक्रिया दिए । मकाउ टोली अपेक्षाकृत कमजोर भए पनि हङकङजस्तो टोलीविरुद्ध जित हात पार्नु खुसीको कुरा भएको उनले बताए ।

कप्तान रानाले भने, ‘यस्ता खेल धेरै भए नेपाली टोलीको पनि स्तर वृद्धि हुनेछ ।’ मकाउ टोलीका प्रशिक्षक आउचीले हार स्वाभाविक भएको प्रतिक्रिया दिए । ‘हामीले जनवरीमा मात्र टोली बनाएका थियौं’ उनले थपे, ‘नेपाल उत्कष्ट टोली हो । उसका विरुद्ध हार स्वाभाविक थियो । नेपाली टोलीसँगको खेल अनुभव बटुल्न फलदायी भयो ।’ धेरै पछि मकाउमा विदेशी टोलीसँग खेलेको भन्दै  उनले नेपाली टोलीलाई धन्यवाद दिए । नेपाली टोलीका प्रशिक्षक वीरेन्द्रप्रसाद चौधरीले समग्रमा भ्रमण फलदायी रहेको बताए । उनले भने, ‘समग्रमा राम्रै भयो । मकाउ अलि कमजोर देखियो । तर यो भ्रमणले आगामी साग र सेन्ट्रल जोनको तयारी राम्रो हुनेछ ।’ पहिलो सेट जितेपछि नेपालले बेन्चका खेलाडीलाई मौका दिएको थियो । नेपालले पहिलो पटक मकाउसँग प्रतिस्पर्धा गरेको हो ।

 हङकङ र मकाउमा मैत्रीपूर्ण भलिबलका लागि प्रतिस्पर्धा गर्न निस्किएको नेपाली टोलीको यो भ्रमण पूर्ण रूपमा सफल भयो । तीन दशकभन्दा लामो समयपछि हङकङसँग अन्तर्राष्ट्रिय स्पर्धाको अवसर जुट्दा नेपाली राष्ट्रिय भलिबल टोलीले लगातार दुई खेलमा जित हासिल गरेको थियो । नेपालले आइतबार यान चाउ कोक स्पोटर््स सेन्टरमा सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५, १७ –१५ को नतिजामा हराएको थियो भने दोस्रो खेलमा २५–१६, २५–१४, २६–२८, २७–२५ को विजयी नतिजा निकालेको थियो । त्यसअघि शनिबार हङकङको चुनमुन ब्लाटफ्लाई बिचको कोर्टमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरूको टोली हङकङ नेप्लिज टिमलाई २५–२३, २५–२०, २०–२५, २५–१७ को नतिजामा हराउँदै यात्रा सुरु गरेको थियो ।

नेपालले पछिल्लो पटक हङकङविरुद्ध १९८३ मा जापानमा सम्पन्न तेस्रो पुरुष एसियन भलिबल च्याम्पियनसिपमा खेलेको थियो । त्यति बेला हङकङविरुद्ध नेपालले पहिलो खेल ३–२ को सेटमा जितेको थियो भने दोस्रो खेल १–३ ले हारेको थियो ।मकाउबाट फर्किएपछि मोरिसस भ्रमणका लागि नेपाली टोलीको बन्द प्रशिक्षण सिविर सुरु हुने बताइएको छ ।‘समग्रमा राम्रै भयो । मकाउ अलि कमजोर देखियो । तर यो भ्रमणले आगामी साग र सेन्ट्रल जोनको तयारी राम्रो हुनेछ ।’

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com