लोकल फेस्टिबल माघ १९ बाट २१ सम्म हुने

आगामी माघ १९ देखि २१ सम्म संचालन लोकल फेस्टिबलको १५ औँ संस्कारण हुने भएको छ । इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको आयोजनामा पुल्चोक क्याम्पसमा हुने उक्त कार्यक्रमको मूल नारा स्मार्ट सिटी सूचना तथा संचार प्रविधि रहेको छ । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लोकसका संयोजक प्रसिद्ध कार्कीले फेस्टिबलको सबै तयारी पूरा भएको बताएका छन् । लोकसका मिडिया संयोजक वसन्त चौलागाईका अनुसार देशमा तिनै तहको निर्वाचा सम्पन भएर मुलुक दीगो शान्ति र आर्थिक विकासको यात्रामा अगाडी बढेको बताएका थिए ।

नेपाली विद्यार्थीहरुको सिप सिर्जना तथा उत्पादनलाई प्रदर्शन गर्दै निर्वाचनमा विभिन्न नेता तथा उम्मेदवारले स्मार्ट सिटीको नारा दिएकाले स्मार्ट सिटी कस्तो हुन्छ भनेर देखाउन यस वर्षको लोकसको मुख्य नारा स्मार्ट सिटी बनाइएको उनको भनाइ छ । पुल्चोक क्याम्पस इलेक्ट्रिकल तथा कम्प्युटर डिपार्टमेन्टका एसोसिएट प्रोफेसर डा। सुरेन्द्र श्रेष्ठले स्मार्ट सिटी के हो र कस्तो हो भनेर देखाउन खोजेको बताउँदै यसका बारेमा नबुझेकालाई प्रदर्शनीले कन्सेप्ट तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  लोकसका संयोजक कार्कीले प्रदर्शनी मुख्य तीन भागमा विभाजित गरेको र त्यसमा प्राविधिक पूर्वाधार, वैकल्पिक उर्जा र अनलाइन सर्भिसको विषयलाई मुख्य आकर्षकको रुपमा प्रस्तुत गरिने जानकारी दिए ।

प्रदर्शनीका क्रममा ड्रोनाचार्य, रोबो वार्ज, इनर्जी ह्याकथन, विभिन्न व्यक्तित्वसँगको संवाद, टेक डिबेट, चिल्ड्रेन इन टेकनोलोजी, फोटोग्राफी, सफ्टवेयर सम्बन्धी कार्यक्रम लगायत आयोजना हुने आयोजकले जनाएको छ । लोसकले हरेक वर्ष नेपालका विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई समेट्दै प्रदर्शनी गर्ने गरेको छ । लोकस पूल्चोकमा अध्ययरत विद्यार्थीहरुको नाफारहित संस्था हो भने यसमा हरेक वर्ष सबै कार्यसमिति परिवर्तन हुने गर्दछ । नयाँ कार्यसमितिले नै हरेक वर्षको प्रदर्शनी आयोजना गर्ने लोकसले जनाएको छ

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com