साउदी अरबको रोजगारी गुम्ने खतरा

नेपालीको प्रमुख बैदेशिक रोजगारीको गन्तव्य साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था देखिएको छ । त्यहाँको सरकारले विकास निर्माणको बजेट कटौती गरी भिजन २०३० सार्वजनिक गरसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमशः गुम्दै गएको छ ।  हाल साउदीमा १२ प्रतिशत बेरोजगार रहेको र त्यसलाई आगामी २०३० सम्म ५ प्रतिशतमा झार्ने लक्ष्य रहेकोले नेपाली कामदारले पाएको काम कटौति हुन लागेको हो । आफ्नै देशमा बेरोजगार हुँदाहुँदै पनि साउदीमा विदेशबाट कामदार ल्याउने गरेको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले बेरोजगारी घटाउने प्रतिबद्धताका साथ योजना सार्वजनिक गरेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपाली कामदारमा परेको छ । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङका अनुसार पछिल्लो वर्षमा कतारले आफ्नो बजेट विकास निर्माणमा भन्दा पनि सीमा सूरक्षाका लागि कटौति गरेकोले विकास निर्माणका कार्यहरु कम प्राथमिकतामा परेको जनाएका छन् । त्यसैगरी लामो समयदेखि संचालनमा रहेका बहुराष्ट्रिय कम्पनीसमेत धमाधम बन्द भएको भन्दै त्यसको असर कामदारमा परेको अध्यक्ष गुरुङले बताएका छन् । हरेक क्षेत्रको काममा साउदीको सरकारले कम्तीमा १० प्रतिशत स्वदेशी कामदारलाई सहभागि गराउने नीति सरकारले लिएको हुनाले कतारमा रोजगारीको अवसर नेपालीले कम पाउने भएका हुन् ।

‘मंगलबार मात्रै साउदी सरकारले १२ क्षेत्र विदेशी कामदारका लागि प्रतिबन्ध लगाएको छ’, खनालले भने, ‘साउदी सरकारको यो निर्णयले तत्कालनै असर नगरे पनि अर्को वर्ष यसको प्रत्यक्ष असर नेपाली कामदारलाई गर्छ।’ साउदीको मोबाइल फोन बेच्ने तथा मर्मत गर्ने पसलमा नेपाली कामदारको बर्चस्व थियो। तर, अहिले यस्तो काममा साउदीका युवा प्रयोगमा ल्याउँदा नेपाली कामदारले पाउँदै आएको रोजगारी धरापमा पर्ने उनको भनाइ छ। यसैगरी महिलाले प्रयोग गर्ने भित्रि कपडा बेच्ने ठाउँमा महिला हुनैपर्ने साउदी सरकारको नयाँ व्यवस्थाले पनि कामदारको माग घट्ने निश्चित छ। साथै, सबै कम्पनीको एडमिन म्यानेजर, एचआर, एकाउन्टेन्ट र सिसेप्सनिस्ट पनि साउदीकै हुनेपर्ने अर्को नयाँ नियमले पनि नेपाली कादारले पाउँदै आएको इन डोर रोजगारी गुमिरहेको छ। यसैगरी तरकारी तथा माछा मासु बजारमा रकम लिने कामदार र मालिक साउदीकै हुनुपर्ने व्यवस्थाले पनि नेपालीको रोजगारीमा झन् संकट उत्पन्न हुने उनको भनाइ छ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com