२८ मंसिर । विश्वका विभिन्न देशमा आफ्नो सेवा प्रवाह गराएको चाइनिज मोवाइल कम्पनी आइभुमीले नेपालमा पनि प्रवेश गरिसकेको छ ।
नेपालको प्रसिद्ध प्राइड इम्पोर्ट एक्सपोर्ट ट्रेड प्राइभेट लिमिटेडले उक्त आइभुमि मोबाइल नेपाली बजारमा भित्र्याएको हो । आफ्नो मुख्य उद्देश्य नै “हाइ भ्यालु प्रडक्ट” बताउने आइभुमी मोबाइलमा उच्च गुणस्तर तथा नविन प्रविधि प्रयोग गरिएको छ । आइभुमी मोबाइल, आइ भी ५०५, आइ भी स्मार्ट फोर जी, मि १, मि २, मि ४ र मि ५ सहितका ६ मोडलका स्मार्ट फोन लिएर नेपाली बजारमा प्रवेश गरेको छ । उक्त स्मार्ट फोनहरु ५,९९९ रुपैयाँदेखिका प्रतिस्पर्धात्मक मुल्यबाट शुरु हुने समुहले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


