नेपालले म्यानमारलाई दियो ३५१ रनको चुनौति

 २८ मंसिर । थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई जितका लागि ३५१ रनको लक्ष्य दिएको छ । नेपालले दिएको ३५१ रनको लक्ष्यसहित म्यानमारले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा कप्तान रित गौतमले शतकीय पारी खेलेपछि नेपालले म्यानमारलाई फराकिलो चुनौती दिएको हो। त्यस्तै नेपालका तृत राज दास र प्रतिश जिशीले अर्धशतकीय पारी खेलेपछि नेपालले पुरै ३५ ओभर ६ विकेट गुमाएर ३५० रन बनायो ।
नेपालको उच्च योगफलको लागि  रितले अविजित १०६ रन बनाए । रितले  ७८ बलमा १२ चौका प्रहार गरेका थिए । अघिल्ला दुई खेलमा जम्न नसकेका रित म्यानमारबिरुद्ध शतक बनाउदै  नेपाली यु – १६ को उमेर समूहमा शतक बनाउने पहिलो नेपाली खेलाडी बने । यस्तै अविजित रहेका प्रतिशले आक्रामक ब्याटिङ्ग गर्दै ३१ बलमा ६३ रन बनाए । उनले १० चौका र १ छक्का प्रहर गरे । तृत राज दासले २९ बलमा ६४ रन जोडेर अर्धशतक बनाए ।  त्यस्तै नेपालका विशाल बिक्रम केसीले ४२, कुशल मल्लले ३६ तथा सुवास आयरले १७ रन जोडे । म्यानमारका हेइन हेट एङले ३ विकेट लिए  । समूह ए बाट सेमिफाइनलमा पुगिसकेको नेपाल म्यानमारविरुद्ध जित निकाल्दै नेपाल समूह विजेता बन्न चाहन्छ । यता, अघिल्ला दुवै खेल गुमाएको म्यानमार नेपालमाथि जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com