जनकपुरधामः प्रहरीले एक पसलमा डकैती गर्दै गरेको अवस्थामा बिहीबार बिहान ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले गोली हानेर चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो । गोली लागी १ घाइते भएका छन् ।
प्रहरी उपरीक्षक शेखर खनालले जनकपुर २ स्थित जानकी फर्निसिङमा डकैती गर्दै गरेको बेला ४ डाँका पक्राउ परेको पत्रकार सम्मेलनमा जानकारी दिए। प्रहरी उपरीक्षक खनालका अनुसार पक्राउ पर्नेमा भारत विहारका ४० वर्षीय मोहम्मद ईलियास, ३९ वर्षीय ओजिर अन्सारी, रौतहटका ३५ वर्षीय गगन पटेल र ४५ वर्षीय विनोदप्रसाद सिंह छन्। प्रहरीले चलाएको गोली विनोदप्रसाद सिंहको खुट्टामा लागेको छ। सिंहको उपचार जनकपुर अञ्चल अस्पतालमा हुँदैछ।

English
MTV NEPAL MTVNEPAL


